कोरोना संक्रमण : गण्डकी प्रदेशका ५ जिल्लामा थपिए १८ जना

पोखरा , २ असार । गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जामा ४, गोरखामा १०, नवलपरासी पूर्व २, कास्की १ र बागलुङमा १ गरी कुल १८ जनामा संक्रमण देखिएको हो ।

निर्देशनालयको विहान ६ : २५ को अपडेट अनुसार स्याङ्जाको चापाकोट नगरपालिकामा १८ देखि ३९ बर्षसम्मका ४ जना पुरुषमा  संक्रमण देखिएको छ । यस्तै  गोरखाको गोरखामा नगरपालिकामा २१ देखि ५३ बर्ष सम्मका ७ पुरुष र ३१ बर्षकी एक महिला, बारपाक सुलिकोट गाँउपालिकामा ५३ र २५ बर्षका २ पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा १८ बर्षका एक पुरुष, कास्कीको पोखरा महानगरपालिकामा २१ बर्षका एक पुरुष, र बागलुङको ताराखोला गाँउपालिकामा ३४ बर्षको एक पुरुषमा पनि संक्रमण देखिएको छ ।

संक्रमित सबै भारतबाट फर्किएका र क्वारेन्टाइनमा रहेकाहरु भएको समेत निर्देशनालयले जनाएको छ । यो सहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २२३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *