स्वास्थ्य मन्त्रालयले भन्यो – ‘एक जिल्लाबाट अर्कोमा जाँदैमा कोरोना परीक्षण गराउनु पर्दैन’
काठमाडौँ, ३२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जिल्लाबाट अर्कोमा जाँदैमा कोरोना परीक्षण गराउन आवश्यक नभएको बताएको छ । कतिपय निकाय वा व्यक्तिले जिल्लाअन्तरको यात्रामा कोरोना परीक्षण गराउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न थालेको सुनेपछि मन्त्रालयले यस्तो बताएको हो ।
लकडाउन खुकुलो हुँदा पछिल्लो समय घरबाट बाहिर निस्कने र एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्या बढेको छ । यस्तो क्रममा कतिपय निकाय तथा व्यक्तिले पीसीआर परीक्षणको प्रमाणपत्र माग्ने गरेको र कतिपय स्वास्थ्य संस्थाले परीक्षण नगरी हिडन नपाइने भन्दै बाध्यात्मक अवस्था सिर्जना गरेको भन्ने विषयका गुनासो मन्त्रालयमा आएको भन्दै प्रवक्ता डा जागेश्वर गौतमले यस्तो कार्य नगर्न ध्यानाकर्षण गराएका हुन् ।
कोरोनासम्वन्धी नियमित ब्रिफिङमा डा गौतमले भने, ‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ नै तर त्यसो भनेर यात्रा वा घर बाहिर गएर आउँदैमा परीक्षण गरेर आउनुपर्ने भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा व्यवस्था गरिएको छैन् । त्यसैले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसिमका कोही कसैको पनि परीक्षण नगर्नु नगराउनहुन् सम्वन्धीत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाहरु प्रयोगशाला र सरोकारवालाहरुमा अनुरोध छ ।’
उनले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसिमका कोही कसैको पनि परीक्षण नगर्नु नगराउनु भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाहरु प्रयोगशाला र सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
डा गौतमले स्थानीय निकाय र घरपट्टीहरुलाई पनि भनेका छन् , ‘कोभिड १९ को परीक्षण गर्ने सरकारी मापदण्ड छ । जहिले पायो त्यहिल्यै जसलाई पायो त्यसैलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन सक्छ त्यो समय पारेर मात्र परीक्षण गर्न पर्ने हुन्छ ।’
कतिपय सञ्चारमाध्यमहरुमा उपत्यकामा कतिपय घरवेटीले पीसीआर परीक्षणको प्रमाणपत्र खोज्ने र नाकाहरुमा पनि पीसीआर परीक्षणको रिपोर्ट खोज्ने गरेको समाचारहरु आएका थिए ।
प्रवक्ता डा गौतमले जारी गरेको वतव्य यस्तो छ :
अहिले लकडाउन खुकुलो भएसंगै मानिसहरुको आवत जावत बढ्ने क्रममा छ । यसै विषयमा एउटा जिल्लाबाट अर्को जिल्ला वा ठाँउमा जानेक्रममा विभिन्न निकाय तथा व्यक्तिहरुको कोभिडको परीक्षण गराएर मात्रै आउन पर्ने भन्ने बाध्यात्मक अवस्थाहरु सिर्जना गरेको भन्ने सुनिन आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनै पनि व्यक्ति बाहिर गएर आउँदा यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ नै तर त्यसो भनेर यात्रा वा घर बाहिर गएर आउँदैमा परीक्षण गरेर आउनुपर्ने भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा व्यवस्था गरिएको छैन् । त्यसैले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसिमका कोही कसैको पनि परीक्षण नगर्नु नगराउनहुन् सम्वन्धीत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाहरु प्रयोगशाला र सरोकारवालाहरुमा अनुरोध छ ।
सम्वन्धित स्थानीय निकाय र घरपट्टीहरुलाई कोभिडको परीक्षण गर्ने सरकारी मापदण्ड छ । जहिले पायो त्यहिल्यै जसलाई पायो त्यसैलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन सक्छ । त्यो समय पारेर मात्र परीक्षण गर्न पर्ने हुन्छ ।
यसैले सर्वसाधारणलाई अत्याव्रयक नभई यात्रा नगर्न वा घरबाट ननिस्कन अनुरोध गरिन्छ । जानै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भने अनुसारको व्यक्तिगत सुरक्षाको उपायहरु अपानाउनुहुन् र सावधान हुनुहुन अनुरोध छ ।
यसरी यात्रा गरेर आएका व्यक्तिहरु छुट्टै क्वारेन्टिनमा वा आइसोलेसनमा बस्नु एक मात्रै प्रभावकारी उपाय हो ।
त्यसबीचमा आफैलाई पनि कुनै गाह्रो भए नभएको ख्याल गर्ने र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुहुन अनुरोध छ ।
सम्पर्क इमेल : [email protected]