पछिल्लो चौविस घण्टामा देशभर थपिए ४२५ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, ३२ जेठ । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ४२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ५० जना महिला र ३७५ जना  पुरुष गरी कुल ४२५ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु जिल्ला बारा, पर्सा, नवलपरासीपूर्व, मोरङ, डोटी, दैलेख, सुर्खेत, बर्दिया, कन्चनपुर, रुकुम पच्चिम, प्युठान, दाङ, रौतहट, महोत्तरी रामेछाप, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा लगायतका छन् ।

प्रवक्ता डा गौतमले पछिल्लो चौविस घण्टामा ६१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए ।

डिस्चार्ज हुनेमा ६ महिला ५५ जना पुरुष रहेका छन् । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको ९७४ संख्या पुगेको छ ।

डिस्चार्ज हुनेमध्ये पुरुष ८७७ र महिला ९७ जना रहेको समेत उनले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *