पछिल्लो चौविस घण्टामा देशभर थपिए २७३ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, ३१ जेठ । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ३६ जना महिला र जना २४७ पुरुष गरी कुल जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु जिल्ला बारा, पर्सा, दैलेख, झापा, रौतहट, महोत्तरी लगायतका छन् ।

प्रवक्ता डा गौतमले पछिल्लो चौविस घण्टामा ३६ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको ९१३संख्या पुगेको छ ।

डिस्चार्ज हुनेमध्ये पुरुष ८२२ र महिला ९१ जना रहेको समेत उनले जानकारी दिए ।

यसैबीच वीरगञ्जमा गत बुधबार र शुक्रबार मृत्यु भएका दुई जना पुरुषमा कोरोना भाइरस पोजेटिभ भएको समेत उनले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *