पछिल्लो चौविस घण्टामा देशभर थपिए २७३ जना कोरोना संक्रमित
काठमाडौँ, ३१ जेठ । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ३६ जना महिला र जना २४७ पुरुष गरी कुल जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु जिल्ला बारा, पर्सा, दैलेख, झापा, रौतहट, महोत्तरी लगायतका छन् ।
प्रवक्ता डा गौतमले पछिल्लो चौविस घण्टामा ३६ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको ९१३संख्या पुगेको छ ।
डिस्चार्ज हुनेमध्ये पुरुष ८२२ र महिला ९१ जना रहेको समेत उनले जानकारी दिए ।
यसैबीच वीरगञ्जमा गत बुधबार र शुक्रबार मृत्यु भएका दुई जना पुरुषमा कोरोना भाइरस पोजेटिभ भएको समेत उनले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]