देशभर थपिए २५० जना नयाँ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४ हजार ६१४

 

काठमाडौँ, २९ जेठ । पछिल्लो २४ घण्टामा देशभर २५० जना कोरोना संक्रमित थपिएका छन । तीमध्ये २३० जना पुरुष र २० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा कोरोना भाइरस सम्वन्धि नियमित ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ संक्रमितहरु बाँके, रोल्पा , जनकपुर, झापा, ,रुपन्देही , सप्तरी, दैलेख, सुर्खेत, नवलपरासी, सर्लाही, कपिलवस्तु, धादिङ लगायतका जिल्लाहरु रहेका छन ।

यो संगै देशभर कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । जसमा ४ हजार २८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।

यसैबीच पछिल्लो चौविस घण्टामा विभिन्न अस्पतालमा उपचार गराएका १८७ जनाले कोरोना पराजित गरि डिस्चार्ज भएका छन् । तीमध्ये १७९ जना पुरुष र ८ जना महिला रहेका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ ।

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *