कोरोना संक्रमित एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु

चितवन, २७ जेठ । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका ६८ बर्षीय संक्रमितको आज विहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।

मृत्यु भएका व्यक्ति भरतपुर ३ का स्थायी निवासी हुन् । उनमा कडा खालको निमोनियाको समस्या भएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताए ।

‘आईसीयूको विरामी कोरोना कै लक्षण देखिएपछि परीक्षण गरियो । पोजेटिभ आयो, त्यहाँको आइसीयूमा अरु पनि विरामी रहेछन् । त्यसैले भरतपुर अस्पताल सारिएको थियो तर ज्यान बच्न सकेन,’ डा अधिकारीले बताए ।

उनले अव शव व्यवस्थापनको काम शुरु हुने जानकारी दिए ।

यो संगै नेपालमा कोरोनाबाट कुल मृत्यु हुनेको सख्या १५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *