गण्डकी प्रदेश : पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण

कास्की, २७ जेठ । पछिल्लो चौविस घण्टामा गण्डकी प्रदेशका तीन जिल्लामा थप २४ जनामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा  नवलपरासी (वर्दघाट सुस्ता पूर्व), म्याग्दी र बागलुङमा नयाँ संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बौदीकाली गाँउपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यस्तै म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ बताइएको छ ।

डा शर्माले पछिललो २४ संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *