स्याङ्जाका ५८ बर्षिय पुरुषको कोरोनाबाट ज्यान गयो, कुल मृत्युको संख्या १४ पुग्यो

पोखरा, २६ जेठ । कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका ३ निवासी ५८ बर्षिय पुरुष रहेका छन् ।

उनको गएराती ११ : २५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगर्ततको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए ।

कोभिड- १९ पोजेटिभ देखिएका ती पुरुषमा क्रोनिक किडुनी डिजिज, हाइपरटेन्सन, डायविटिज, सेप्टीसेमिया, एनिमिया लगायतका समस्या समेत रहेको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उनलाई आइतबार नै अस्पतालको आइसोलेसनमा राखिएको थियो । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *