पछिल्लो चौविस घण्टामा २१३ जना थपिए कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

 

काठमाडौँ, २५ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले देशभरका बिभिन्न जिल्लामा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पोजेटिभ देखिएको बताए ।

डा देवकोटाले पछिल्लो चौविस घण्टामा कोरोना जितेर १०२ जना डिस्चार्ज भएको बताए । जसमा १०० जना पुरुष र २ जना महिला छन् ।

यो संगै अहिलेसम्म ४६७ जना कोरोना जितेर घर फर्केका छन्। जसामा ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *