कोरोना अपडेट : गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित

काठमाडौँ, २५ जेठ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जामा १४ जना, बागलुङमा १० जना, गोरखामा १० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी कुल ३८ जनामा कोरोना संक्रमण भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले विहान ६ बजे अध्यावधिक गरेको विवरणमा स्याङ्जाको वालिङ नगरपालिकामा १३ र भिरकोट नगरपालिकामा १ गरी १४ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै बागलुङको बडिगार्ड गाँउपालिकामा ९ र ढोरपाटन नगरपालिकामा १ गरी कुल १० जना पुरुषमा संक्रमण देखिएको छ । गोरखामा पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिकामा ९ गरी १० र नवलपसारी पूर्वमा हुव्सेकोट नगरपालिकामा ४ जना पुरुषहरु रहेका छन् ।

उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो ।

प्रदेश निर्देशक डा विनोद विन्दु शर्माले संक्रमित सबैलाई सम्वन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *