सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ, कुल मृत्युको संख्या १३ पुग्यो

काठमाडौँ, २४ जेठ । सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार मृत्यु भएकी ५५ बर्षीया महिलामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पोजेटिभ भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार धनगढी ४ निवासी उनी मिर्गौला रोगबाट पिडीत थिइन ।

हिजो विहान सेती अस्पतालमा डायलासिस गर्न आएकी उनको मध्यान्न १२ बजे निधन भएको थियो । ‘उहाँमा कोरोनाको लक्षण थिएन तर निधन भएपछि पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ भएको पाइयो,’ प्रवक्ता डा देवकोटाले बताए ।

यो संगै कोरोना संक्रमितबाट निधन हुनेको संख्या १२ पुगेको छ ।

यसअघि गत २१ जेठमा मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनी दमको रोगी भएको बताइएको छ । उनको पनि मृत्युपछि नमूना संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *