पछिल्लो चौविस घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौँ, २४ जेठ । पछिल्लो चौविस घण्टामा देशमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अद्यावधिक विवरण दिन आयोजित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

उनका अनुसार नयाँ संक्रमितहरु मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, स्याङजा, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँचीका रहेका छन् । यस्तै बर्दिया, बाँके, दैलेख र डोल्पामा पनि आज संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टाको विवरण सहित देशभर कोरोना संक्रमणमा पर्नेको संख्या ३ हजार २३५ पुगेको छ ।

यसैगरी कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पछिल्लो २४ घण्टामा ३२ जना रहेको छ । यो संगै कोरोना जित्नेको संख्या ३६५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *