डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ


डोल्पा, २४ जेठ । गत २० जेठमा मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

‘उहाँको आज विहान रिपोर्ट आयो पोजेटिभ छ,’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले भन्यो । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृत्यु भएका व्यक्ति गत १९ जेठमा सुर्खेतबाट डोल्पास्थित आफ्नै घरमा पुगेर होम क्वारेन्टाइनमा बसेका थिए ।  उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।

होम क्वान्टाइनमै रहनुभएका उहाँको जेठ २१ गते मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

मृतकको दाहासंस्कार गरिसकिएको छ। उनको दाहासंस्कारमा सहभागी गाँउ संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको पनि अब स्वाब संकलन गरी परीक्षण गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष नरसिंह रोकायाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *