स्वास्थ्य मन्त्रालयमा भएको सम्झौँता नेपाल मेडिकल कलेजका आन्दोलनरत डाक्टरलाई अमान्य, आन्दोलन जारी

काठमाडौँ, २२ जेठ । आन्दोलनस्थगित गर्ने गरी बुधबार राती स्वास्थ्य मन्त्रालयमा भएको पाँच बुँदे सम्झौँता नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले अमान्य घोषणा गरेका छन् । उनीहरुले ८ दिन देखि जारी आन्दोलनलाई निरन्तरता दिएको जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार राती ९ बजे पाँच बुँदे सम्झौँता गर्दै आन्दोलनरत चिकित्सकहरुको तर्फबाट रेजिडेन्ट एशोसिएसन अफ केयुबाट डा तोसीमा कार्की, रेसिडेन्ट एशोसिएसन आफ न्याम्सको तर्फबाट डा प्रकाश, नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा कालुसिंह खत्रीले हस्ताक्षर गरेका थिए ।

मन्त्रालयका तर्फबाट सहसचिव रघुराम विष्टले हस्ताक्षर गरेका थिए । सम्झौँताको पाँचौँ नम्बर बुँदामा डाक्टरहरुका विभिन्न संस्थाद्धारा संयुक्त रुपमा गरिएको आन्दोलन हाललाई स्थगित गर्ने भन्ने उल्लेख थियो ।

तर, नेपाल मेडिकल कलेज संघर्ष समितिका संयोजक डा गुञ्जन खड्काले सो सम्झौँतामा एनएमसीका आन्दोलनरत चिकित्सकहरुको सहमति नरहेको भन्दै आन्दोलन जारी रहेको बताए ।

‘हामी हिजो मन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका थियौँ । त्यसबेला मन्त्रालयले बार्ताका लागि तयारी गरेको रहेछ । हामी पनि बार्ता हुन्छ भने गरौँ भन्ने भयो र बस्यौँ तर उहाँहरुले सम्झौँताका लागि ल्याएका प्रस्ताव हामीलाई मान्य भएन र हामी ६ बजे तिर बाहिरियौँ तर अरु साथीहरुले राती सम्झौँता गर्नु भएको रहेछ । त्यो सम्झौँताको सबै बुँदा हाम्रा लागि मान्य छैन् । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ,’ उनले भने ।

उनले ओपिडी र प्रशासन तर्फको सेवा बन्द गरेको बताए ।

आन्दोलनकारीको तर्फबाट आज जारी विज्ञप्ती यस्तो छ

बुधबार राती भएको सम्झौँता यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *