गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

0
Shares

पोखरा, २२ जेठ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमण देखा परेको छ । नयाँ संक्रमण बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।
यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले विहान ५ : ४५ मा अध्यावदिक गरी जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो १६ संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ ।

डा. शर्माले संक्रमित सबैलाई सम्वन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *