आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सम्झौँता, जारी आन्दोलन स्थगित (सम्झौँता सहित)

काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुधे सम्झौँता भएको छ । सम्झौँता पछि एक साता देखि जारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ ।

गत १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले डिउटीमा रहेका चिकित्सक माथि हातपात तथा दुर्व्र्यहार भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए ।

बुधबार राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको उपस्थितिमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौँता भएको छ ।

उक्त सम्झौँतामा डिउटीमा खटिएका चिकित्सक माथि हातपात गर्नेमाथि छानवीन गरी तीन दिन भित्र कारवाहीको दायरामा ल्याउने, जेल वीद आउट वेल सम्वन्धी प्रस्ताव चालु संसदमै दर्ता गराउने, सीसी टिभि फुटेज हटाउने माथि छानवीन गरी कारवाहीको दायरामा ल्याउने लगायतका विभिन्न ५ बुँदामा सम्झौँता भएको छ ।

सम्झौँता पत्रमा आन्दोलनरत चिकित्सकहरुको तर्फबाट रेजिडेन्ट एशोसिएसन अफ केयुबाट डा तोसीमा कार्की, रेसिडेन्ट एशोसिएसन आफ न्याम्सको तर्फबाट डा प्रकाश, नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा कालुसिंह खत्रीले हस्ताक्षर गरेका छन् । मन्त्रालयका तर्फबाट सहसचिव रघुराम विष्टले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सम्झौँताको बुँदाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *