कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण


काठमाडौँ, २१ जेठ । कर्णाली प्रदेशमा थप १६ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णालीको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सल्यान, दैलेख र कालीकोटका तीन जिल्लाका १६ जनामा कोरोना पोजिटिभ देखिएको हो।

कर्णालीको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जना पुरुष र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १ जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *