कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ जेठ । कर्णाली प्रदेशमा थप १६ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
कर्णालीको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सल्यान, दैलेख र कालीकोटका तीन जिल्लाका १६ जनामा कोरोना पोजिटिभ देखिएको हो।
कर्णालीको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जना पुरुष र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १ जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।
यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



