काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

8
Shares

काठमाडौँ,  २० जेठ । काठमाडौं मेडिकल कलेज (केएमसी) सिंनामंगलमा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुषमा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

प्रवक्ता डा देवकोटाले सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिए।

यो संगै मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभर कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *