काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौँ,  २० जेठ । काठमाडौं मेडिकल कलेज (केएमसी) सिंनामंगलमा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुषमा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

प्रवक्ता डा देवकोटाले सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिए।

यो संगै मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभर कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *