नर्भिकमा उपचाररत बिरामीमा कोरोना पुष्टी, पाटन अस्पताल रिफर

4
Share

काठमाडौँ, १९ जेठ । नर्भिक अस्पतालमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । चार दिन अघि हेटौँडा अस्पतालबाट रिफर भएर आएको एक जना ६१ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

‘डिमेन्सिया (विर्सने रोग)को विरामी हो । हामी कहाँ विहीबार राती आइपुगेको थियो । तर बाहिरबाट आएको भएकाले आइसोलेसनमा राख्यौं, पीसीआर टेष्टका लागि पठायौँ । आज रिपोर्ट आयो । पोजेटिभ आयो । त्यसपछि सरकारको नीति अनुसार नै पाटन पठायौँ,’ अस्पताल स्रोतले भन्यो ।

अस्पतालमा आइसोलेसन अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनका लागि स्पेशल टिम भएकोले अस्पतालको अरु नियमित सेवामा कुनै अफ्टेरो नभएको समेत स्रोतले बतायो । पछिल्लो समय काठमाडौँका निजी अस्पतालमा समेत कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरुलाई सरकारले तोकेको अस्पतालमै पठाउनुपर्ने भन्दै निजी अस्पतालले पोजेटिभ केशहरुलाई सरकारी अस्पतालमा रिफर गर्ने गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *