सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १६७१ पुग्यो
कैलाली, १९ जेठ । सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना देखिएको छ । यो संगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या ४३ पुगेको छ ।
आज थपिएका नयाँ संक्रमितमध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।
यस्तै अछाममा एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा पनि कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए । अब सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोना पुगेको छ । यस अगाडी डोटीमा कोरोना भाईरस थिएन ।
निर्देशक डा अवस्थीले सुदूरपश्चिममा संक्रमित थपिने क्रम अब बढ्न शुरु गरेको भन्दै अब स्वास्थ्य चौकीमा आइसोलेसन बनाउनुको विकल्प नभएको बताए । ‘अब अस्पतालले मात्रै धान्दैन् त्यसैले विद्यालयमा क्वारेन्टाइन भइसकेपछि स्वास्थ्य चौकीमा आइसोलेसन बनाउनुको विकल्प छैन । मैले निर्देशन दिईसकेको छु,’ उनले भने ।
अब सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोना पुगेको छ । यस अगाडी डोटीमा कोरोना भाईरस थिएन ।
सुदरपश्चिमको नयाँ संक्रमितसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६७१ पुगेको छ ।
आजै यसअघि कर्णाली प्रदेशमा ७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
सम्पर्क इमेल : [email protected]