थप ७५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १६५३

0
Shares


काठमाडौँ, १९ जेठ । कर्णालीका थप थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार जारी अध्यावधिक विवरण अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ।

विवरण अनुसार प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सोमबार ३२ कोरोना संक्रमित थपिएका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४३ जना थपिएका छन् । कुल ७५ संक्रमितमध्ये एक जना मात्रै महिला छन् ।

आज संक्रमित हुनेहरु दुई बर्ष देखि ६० बर्ष उमेर समूहका छन् ।

संक्रमितहरु दैलेखका मात्रै ४१ जना, सल्यानका १० जना, सुर्खेतका ५ जना र जुम्लाका १९ जना रहेका छन् ।

कर्णाली प्रदेशमा आज थपिएको संक्रमितसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६५३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *