कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares


काठमाडौँ, १८ जेठ । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो।

जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा नयाँ संक्रमित भेटिएको हो ।

यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालभर कुल संक्रमितको संख्या १४ सय ७८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *