जुम्लामा परीक्षण गर्दा दैलेखका १४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौँ, १६ जेठ । दैलेखका नारायण नगरपालिकाका १४ जनामा कोरोना भाइरस (कोभिड -१९)को संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १४ जनामा कोरोना भाइरस पोजेटिभ भएको पाइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक डा मंगल रावलका अनुसार दैलेखस्थित नारायण नगरपालिका ४ का २८, २५, ३५ बर्षका पुरुष, यस्तै वडा नं ६ का ४१ बर्षका पुरुष, वडा नं ३ का ३० बर्षका पुरुष, वडा नं १० का १७, २२, बर्षका पुरुष, वडा नं ११ का २७, १८, बर्षका पुरुषहरु रहेका छन् ।

यस्तै वडा नं २ का २१ बर्षिय पुरुष, वडा नं ८ का २० र २० बर्षका पुरुष, वडा नं ९ का ५० र २३ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

ठूलो परिमाणमा परीक्षण गरिसकेको जुम्लामा कोरोना पोजेटिभ आएको आज पहिलो पटक हो ।

पछिल्लो समय कर्णाली प्रदेशमा छिमेकी देश भारतबाट ठूलो संख्यामा आम सर्वसाधारण फर्किएका छन् । जसले संक्रमणको दर ह्वात्तै बढाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *