आज एकै दिन थपिए १५६ जना कोरोना संक्रमित कुल संक्रमितको संख्या १०४२
काठमाडौँ, १५ जेठ । आज एकै दिन १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सातवटै प्रदेशमा गरी १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ४२ पुगेको छ । संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् । अहिलेसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमण बढ्दो क्रममा रहेकोले थप सचेतता हुनुपर्ने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



