आज एकै दिन थपिए १५६ जना कोरोना संक्रमित कुल संक्रमितको संख्या १०४२

काठमाडौँ, १५ जेठ । आज एकै दिन १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सातवटै प्रदेशमा गरी १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ४२ पुगेको छ । संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् । अहिलेसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमण बढ्दो क्रममा रहेकोले थप सचेतता हुनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *