प्रदेश २ का छ वटा जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १५ जेठ । प्रदेश नं २ का छ वटा जिल्लामा थप ७६ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमण सप्तरी, रौतहट, धनुषा, सिराहा, सर्लाही र महोत्तरीमा संक्रमण देखिएको हो । यी मध्ये सबैभन्दा बढी धनुसामा २९ जना, महोत्तरीमा १७ जना र १४ जना सप्तरीमा देखिएका छन् ।

बिहीबार थपिएका नयाँ संक्रमितमध्ये सप्तरीका दुई जना ४७ र ३२ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । बाँकी ७४ जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पत्ता लागेको हो ।

स्रोतका थपिएकाहरुमा धनुसामा बर्ष १९, २७, ५०, ४०, २०, १९, २२, १८, ४०, २०, ४८,१८, ५७, ४२, १७, ८, ४३, ५२, २२, २१, ३१, ३३, ७०, २५, २८ का पुरुष र २२, १४, ४ र २८ बर्षका महिला गरी कुल २९ जनामा संक्रमण देखिएको हो ।

यस्तै महोत्तरीमा ४५, १५, २१, २०, २२, १९, २०, ३२, २१, १८, २१, २६, २१,१९,३७ र उमेर नखुलेको एक जना पुरुष तथा ४५ बर्षको महिला संक्रमण देखिएको छ ।

सर्लाहीमा १८,३०,२६, २०, ३१, २१ र १७ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै रौतहटमा १२, २४ र ३० बर्षको पुरुष, सप्तरीमा थप ३६, ४२, २१, ३०, ३३,२९, १८, ३७, ३०, १९,२७, ३७ बर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै सिराहामा १८, २५, १८, ४० , २५ र एक जना उमेर नखुलेको गरी थप ६ जनामा संक्रमण देखिएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ९७७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *