बागलुङ : चार बालबालिकामा कुपोषण


बलेवा, १३ जेठ । बागलुङको गलकोटका चार बालबालिकामा शीघ्र कुपोषण देखा परेको छ ।

नियमित खोप लगाउने क्रममा ती बालबालिकामा शीघ्र कुपोषण देखिएको हो । उमेरअनुसार तौल कम रहेका ती बालबालिकालाई स्वास्थ्य चौकीले पोषिलो खानेकुरा दिएर घर पठाएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनराज गैरेले बताए ।

“चारैजनाको तौल कम छ, उमेरअनुसार बढेको पाइएन”, चौकीका प्रमुख दिलुप्रसाद सुवेदीले भने, “हामीले चार पाँचपटक जाँच गरेर उनीहरुलाई(आरयुटिफ)पोसिलो खाना दिएर पठाएका छौँ ।” गलकोट नगरभित्र कुपोषित बालबालिका भेटिएको यो दोस्रोपटक हो । गत शनिबार स्वास्थ्य चौकीमा नियमित खोपका लागि आएका ७० बालबालिकामध्ये चारजना कुपोषित भेटिएका हुन् । पछिल्लो चार महिनायता अर्का एक बालकमा समेत कुपोषण देखिएपछि स्वास्थ्य चौकीले उपचार गरेको थियो ।

“हामीले ९० दिनसम्म हरेक हप्ता जाँच गरेर उपचार गर्छौं”, प्रमुख सुवेदीले भने, “घरको खानपानमा ध्यान नदिँदा र सुत्केरी आमालाई पोषणको कमी हुँदा बालबालिका कुपोषणको शिकार हुने गरेका छन् ।” गलकोट नगरपालिकाको सहयोगमा हटिया स्वास्थ्य चौकीमा कुपोषणको उपचारका लागि ओसिटी सेन्टर सञ्चालनमा छ । “९० दिन हामीले उपचार गर्छौंं, त्यसपछि सुधार नभए पुनःस्थापना केन्द्र पठाउँछौँ”, उनले भने, “गाउँका अधिकांश बालबालिकामा सुधार हुने गरेका छन् ।”

जिल्लामा कति बालबालिका कुपोषित छन् भन्ने यकिन तथ्याङ्क नभए पनि स्वास्थ्य कार्यालय बागलुङका अनुसार देशभर कुपोषित बालबालिकाको सङ्ख्या १० प्रतिशत छ ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *