सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६९४ पुग्यो

सुर्खेत १३ जेठ । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विहान कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्तीमा प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा एक जना महिला र ११ जना पुरुष सहित थप १२ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

नयाँ संक्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका १ का १६ बर्षिय पुरुष, सोही नगरपालिका वडा नं २ का ९, २०, ३२, ३६ बर्षका पुरुष र ३२ बर्षका महिला रहेका छन् । यस्तै वीरेन्द्रनगर वडा नं ३ का ४६ बर्षका पुरुष, वडा नं ६ का २६ बर्षका पुरुष रहेका छन् ।

यस्तै भेरिगंगा वडा नं ८ का १६ र १७ बर्षका पुरुष, सिम्ता ४ का ३५ र ४९ पुरुषहरुमा पनि कोरोना संक्रमण भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायाण् तिवारीले बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६९४ पुगेको छ ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *