सकिनै लागेको औषधि गाँउपालिकाले ल्याइदिएपछि गाँउबासी खुशी

पाल्पा, १२ जेठ । लकडाउन लम्बिदै जाँदा पूर्वखोला गाँउपालिकाले नियमित औषधि खाई रहेका गाँउबासीको औषधि सदरमुकाम तानसेनबाट ल्याइदिएको छ । औषधि लिनकालागि गाँउबासी आफै सदरमुकाम जान सम्भव नभएपछि गाँउपालिका आफैले औषधि ल्याइदिएको हो ।

गाँउपालिकामा स्वास्थ्य बीमा गराई नियमित औषधि खाने २०५ जनाको औषधि तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट ल्याई वितरण गरिएको स्वास्थ्य संयोजक मोहन ढकालले बताए । बीमा नगराएकाहरुलाई गाँउ पालिकाले नै स्वास्थ्य चौकीबाट औषधि वितरण गरिएको उनले जानकारी दिए ।

‘यसपटक हामीले स्वास्थ्यबीमा गराएका र मिसन अस्पतालबाट नियमित औषधि खाइरहेका नसर्ने रोग, दीर्घ रोगका बिरामीहरुको औषधि ल्याएर वितरण गरिदिएका छौँ । गाँउपालिकामा स्वास्थ्य बीमा गराई नियमित औषधि खाने २०५ जना हुनुहुँदो रहेछ ,’ ढकालले भने ।

रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यले बीमा नगरेका तर नियमित औषधि खाईरहेका दीर्घ रोगी र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि स्वास्थ्य चौकीबाट औषधि उपलव्ध गराएको बताए ।

उनले स्वास्थ्य चौकीसम्म आउन नसक्नेहरुलाई स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत घरसम्मै औषधि पुरयाइदिएको समेत जानकारी दिए ।

लकडाउन लम्बिदै जाँदा जिल्ला सदरमुकामबाट औषधि ल्याएर नियमित खाने गाँउबासीहरु सकिएपछि के गर्ने होला भन्ने चिन्तामा थिए । तर गाँउपालिकाले औषधि ल्याइदिएपछि भने उनीहरु निक्कै खुशी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *