काठमाडौंको एक सहित थप २५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौँ, १० जेठ । काठमाडौँका एक र बाँकी तराईका विभिन्न जिल्लाका २४ जना गरी थप कुल २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा कपिलवस्तु बाणगंगा नगरपालिकाका बर्ष १७, १९,२२,२९, ३५, ४०,४२ बर्षका पुरुष र २७ बर्षका महिला गरी ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै सर्लाही गोडैता र कविलासी नगरपालिकाका गरी बर्ष १८, २०, २०, २०, २१,२२,२३, २६,२६,२८,३३,३५?३५ बर्षका गरी कुल १३ जना, बारा करैयामाई गाउँपालिकाका ३७ बर्षकी महिला र काठमाडौँका ३५ बर्षका पुरुषमा पनि कोभिड १९ को संक्रमण देखिएको छ ।

यस्तै भरतपुर अस्पताल कोडिभ – १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर ६ का ५२ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही रोहिडी गाँउपालिकाका ५५ बर्षका पुरुष संक्रमित भएका छन् ।

प्रदेश प्रयोगशाला भैरहवाले गैडहवाको रिपोर्ट हिजो दिउसो नै पठाएपनि मन्त्रालयले सो सार्वजनिक गरेको थिएन । तर नेपाली हेल्थले यसअघि नै सो विवरण सार्वजनिक गरिसकेको थियो ।

मन्त्रालयले आजको विवरणमा हिजो दिउसो आएको ७ जनाको रिपोर्ट सहित थप ३२ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *