मनमोहन कार्डियोमा उपचाररत महिलामा देखियो कोरोना संक्रमण, गणेशमान भवनमा सार्ने तयारी

काठमाडौँ, ९ जेठ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक जना बिरामी (महिला)मा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ ।

हेटौँडा ३ मकवानपुर स्थायी घर भएकी ५४ बर्षीया बिरामीको शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

मुटुको चाल गडबडी भएर उपचारका लागि ल्याइएकी महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । हेटौडाबाट आएको हुनाले उनको नमूना झिकेर कोरोना परीक्षणका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

‘खास समस्या मुटुको चाल गडबडी हो तर तराईबाट आएको हुनाले एक पटक नमूना परीक्षणका लागि दिई हालौं न भनेर पठाइएको थियो । पोजेटिभ निस्कियो,’ एक जना चिकित्सकले भने । ती महिलालाई भर्ना भए देखि नै  छुट्टै सीसीयू कक्षमा आइसोलेसनकै रुपमा राखिएको समेत बताए ।

रिपोर्ट पोजेटिभ आएपछि मनमोहनले त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना उपचार कक्ष लेभल थ्रीमा सार्ने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *