थप २० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५०७ पुग्यो

0
Shares

काठमाडौँ,९ जेठ । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका ५ सहित थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा ४ बजे गरेको नियमित कोरोना ब्रिफिङ मा प्रवक्ता डा विकास देवकोटाले थप २० जनामा कोरोना संक्रमण देखिएको बताए । नयाँ संक्रमितहरुमा कैलालीमा ३, डडेल्धुरामा १, बैतडीमा १, बाँकेमा १४ र मोरङमा १ गरी २० रहेको छ ।

यो संगै देशमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । यसअघि विहान मात्रै थप ३० जनामा कोरोना संक्रमण भएको बताइएको थियो । विहान र अहिलेको विवरण सहित आज पुष्टि भएकाहरुको संख्या ५० पुगेको छ ।

यसैबीच आजै नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना आइसोलेसनबाट २१ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । डा. देवकोटाले पछिल्लो विवरण पछि डिस्चार्ज हुनेको संख्या ७० पुगेको बताए । हाल संक्रमितको संख्या भने ४३४ मात्रै रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *