थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौँ, ८ जेठ । नेपालगञ्ज, कपिलवस्तु, दाङ र बँकेमा गरी थप ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीय महिला, दाङका ३७ वर्षीय पुरुष र कपिलवस्तु सुद्धोदन नगरपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ४५७ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]