थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

0
Shares


काठमाडौँ, ८ जेठ । नेपालगञ्ज, कपिलवस्तु, दाङ र बँकेमा गरी थप ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीय महिला, दाङका ३७ वर्षीय पुरुष र कपिलवस्तु सुद्धोदन नगरपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४५७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *