स्वास्थ्य सेवा विभागले भन्यो : स्वास्थ्यकर्मीको स्तरबृद्धि कोरोना सामान्य भएपछि

काठमाडौँ, ८ जेठ । स्वास्थ्य सेवा विभागले संघ प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका छैटौँ तहसम्मका कर्मचारीहरुको स्तरबृद्धि कोरोना भाइरस (कोभिड -१९) को महामारी सामान्य भएपछि प्रकाशित हुने जनाएको छ ।

गत बर्ष असार देखि रोकिएको विभिन्न समूह र पदको स्तरबृद्धिको नतिजा प्रकाशित हुन ढिलाई भएको भन्दै कतिपय स्वास्थ्यकर्मी र तिनका पेशागत संस्थाहरुले विभागका अधिकारीहरुको आलोचना गरेका थिए ।

समायोजन र पदस्थापनको लफडा सुल्झन ढिलाई हुँदा स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि गतबर्ष असार देखि रोकिएको छ । विभागका कर्मचारी प्रशासन शाखाका उपसचिव इन्द्र गौतमले पछिल्लो समय कोरोना संक्रमण र लम्बिदो लकडाउनले स्तरबृद्धिको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको बताए । उनले भने, ‘धेरै जसो काम सकिएको छ । तर कोरोना संक्रमण र लकडाउनले हाम्रो काममा पनि बाधा पारेको छ ।’

उनले कतिपय कर्मचारीहरुको डकुमेन्ट नपुगेको पनि हुनसक्छ । ‘अहिले नतिजा प्रकाशित गर्दा बढुवाको अपेक्षा गरेकाहरुको नाम आइदिएन भने छटपटी हुन्छ । डकुमेन्ट पठाउने कि आउने भन्नेमा अन्योलता हुनसक्छ । फेरी अहिले त्यो सहज अवस्था पनि छैन् । त्यसैले अवस्था सहज होस् भनेका हौँ’  गौतमले भने ।

उनले बढुवाका लागि ४ हजार बढीको निवेदन आएको बताए ।

गतवर्ष निकै ढिलो असारबाट शुरु भएको स्वास्थ्यको समायोजन टुंगिन समेत निकै समय लाग्यो । त्यसले गत असारमा र पुसमा हुुनुपर्ने स्तरबृद्धि रोकियो । समायोजन पछि स्वास्थ्यकर्मीहरु प्रदेश र स्थानीय तहमा समेत पदस्थापन भएपछि गएपछि कसले बढुवा गर्ने भन्ने समेत अन्योलता थपियो ।

गत माघमा सरकारले यो पटकलाई स्तरबृद्धि गर्ने काम स्वास्थ्य सेवा विभागले नै गर्ने भन्दै नीतिगत निर्णय गरेपछि विभागले यसको काम थालेको हो । विभागले अहिले कोरोना पछिको सामान्य अवस्था आएपछि भन्दै गर्दा अवस्था कहिले सामान्य होला भनेर अनुमान गर्ने अवस्था भने अहिले देखिदैन् ।

विभागले स्तरबृद्धिका विषयमा यस्तो सूचना जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *