झापा र रुपन्देहीमा थप ९ जनामा देखियो कोरोना संक्रमण, कुल संक्रमित ४५३ पुग्यो

4
Share

काठमाडाँै, ८ जेठ । झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना सम्वन्धी ‘मिडिया ब्रिफिङ’मा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

उनका अनुसार नयाँ संक्रमित व्यक्तिहरुमा एक जना रुपन्देहीमा र ८ जना झापामा भेटिएका हुन् ।

रुपन्देहीमा भेटिएका संक्रमित व्यक्ति २७ बर्षका पुरुष हुन् । उनी लुम्बिनीस्थित श्रीलंकन गेष्टहाउस क्वारेन्टाइन स्थलमा रहेका व्यक्ति हुन् ।

यस्तै झापामा १७, १८, १८,२०,२०,२३, ५२ र ५५ बर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको छ । उनीहरु झापाको कचनकवल गाँउपालिकास्थित लक्ष्मीदेवकोटा माविको क्वारेन्टाइनस्थलमा रहेका पुरुषहरु हुन् ।

कचनकवलबाट आज विहान मात्रै थप १५ जनामा कोरोना संक्रमण भएको बताइएको थियो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । उपचारपछि निको हुने संख्या ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *