झापाका थप १५ जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ जेठ । झापामा थप १५ जनालाई कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा कचनकवल गाँउपालिका वडा नं ३, ६ र ८ का बासिन्दामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु १८, १८, १९, १९ २२, २३, २३, २५, २६, २६, २८ र ३० बर्षका पुरुषहरु रहेका छन् ।

यस्तै बर्ष ३२, ३७ र ४६ बर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसअघि हिजो राती धरान र धनकुटामा थप २ जनामा संक्रमण देखिएको थियो । यो संगै कुल संक्रमितको संख्या ४४४ भएको छ ।

नयाँ संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *