रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण

12
Shares

काठमाडौँ, ७ जेठ । रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवास्थित प्रदेश जनस्वासथ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना पोजेटिभ आएको हो ।

स्रोतका अनुसार संक्रमित सबैजना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । अधिकांश भारतबाट आएका हुन् ।

‘यो पटक लुकेर होइन । बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुको पनि पोजेटिभ आएको छ,’ स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *