रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौँ, ७ जेठ । रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवास्थित प्रदेश जनस्वासथ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना पोजेटिभ आएको हो ।

स्रोतका अनुसार संक्रमित सबैजना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । अधिकांश भारतबाट आएका हुन् ।

‘यो पटक लुकेर होइन । बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुको पनि पोजेटिभ आएको छ,’ स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *