धनकुटामा थप पाँच जनामा कोरोना संक्रमण

0
Shares

धरान, ६ जेठ । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणमा परेकी एक जना स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण भएको हो ।

उनीहरुको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रतिष्ठान स्रोतले बतायो ।

दुई दिन अघि जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीको परीक्षण गर्दा एक जना स्टाफ नर्सको कोरोना पोजेटिभ देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *