थप २७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४०० नाघ्यो
काठमाडौँ, ६ जेठ । मंगलबार थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिङका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनले नयाँ संक्रमितको संख्या जोडदा नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको बताए ।
नयाँ संक्रमितहरु झापामा ९, मोरङमा १,सुनसरीमा १, नवलपरासी, सर्लाही २, काठमाडौँको ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १ ललितपुरको १, सिन्धुलीको १ लमजुङको १ र कपिलवस्तुको ४ रहेको छ ।
यो संगै कुल स.क्रमितको संख्या ४०२ पुगेको छ । संक्रमितमध्ये पुरुष ३४० जना र महिला ६२ जना रहेको समेत डा देवकोटाले जानकारी दिए । यस्तै संक्रमितहरु रहेको जिल्ला ३६ पुगेको छ । प्रदेशिक विवरण अनुसार प्रदेश नं १ मा ५४, प्रदेश नं २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा १७३, कर्णाली प्रदेशमा १ र सुद्रूरपश्चिम प्रदेशमा ५ रहेका छन् ।
मन्त्रालयले आजै अति बढी प्रभावित प्रदेश नं २ र प्रदेश नं ५मा १० १० जनाको चिकित्सकको टोली पठाउने निर्णय समेत गरेको छ ।
सम्पर्क इमेल : [email protected]