थप ६ जिल्लाका ६ जनामा पनि देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ, ५ जेठ । बाँकेको ४७ बाहेक थप ६ वटा जिल्लाका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीवेर अघि गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

नयाँ विवरण अनुसार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गुल्मीका ४१ बर्षीय पुरुष, कोशी अस्पतालको प्रयोगशालामा विराटनगरको एक जना पुरुष, धुलिखेल अस्पतालमा धनुषा, रौतहट, दाङ र धादिङका पुरुषहरुको परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

डा देवकोटाले बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पोजेटिभ भएको समेत पुष्टि गरे ।

आज विहानमात्रै रौतहट र बारामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो संगै आज मात्रै अहिलेसम्म संक्रमितको संख्या ६२ जना पुगेको छ । देशभर कुल संक्रमितको संख्या भने ३५७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *