थप ६ जिल्लाका ६ जनामा पनि देखियो कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३५७ पुग्यो

0
Shares

काठमाडौँ, ५ जेठ । बाँकेको ४७ बाहेक थप ६ वटा जिल्लाका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीवेर अघि गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

नयाँ विवरण अनुसार भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गुल्मीका ४१ बर्षीय पुरुष, कोशी अस्पतालको प्रयोगशालामा विराटनगरको एक जना पुरुष, धुलिखेल अस्पतालमा धनुषा, रौतहट, दाङ र धादिङका पुरुषहरुको परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

डा देवकोटाले बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पोजेटिभ भएको समेत पुष्टि गरे ।

आज विहानमात्रै रौतहट र बारामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो संगै आज मात्रै अहिलेसम्म संक्रमितको संख्या ६२ जना पुगेको छ । देशभर कुल संक्रमितको संख्या भने ३५७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *