धनकुटा अस्पतालकी स्टाफ नर्समा कोरोना संक्रमण

0
Shares

विराटनगर, ४ जेठ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ गरेको कोरोना अध्यावधिक विवरणमा तीन जनामध्ये एक जना धनकुटा निवासी ३४ बर्षीया महिला भनेर उल्लेख गरेको थियो । उनी धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको प्रदेश नं. १ स्वास्थ्य निर्देशनालयका प्रमुख डा. सुरेश मेहताले पुष्टि गरे ।

‘हो, धनकुटामा एक जना स्टाफ नर्समा संक्रमण देखिएको छ । उहाँ जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ,’ डा मेहताले बताए । सो अस्पतालबाट पाँच जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको डा मेहताले स्पष्ट पारे ।

उनले संक्रमित स्वास्थ्यकर्मी नियमित रुमपा डिउटीमै रहेको समेत जानकारी दिए । ‘यसले अब धेरै जनाको कन्ट्याक्ट टेसिङ गर्नुपर्ने बाध्यता देखिएको छ,’ डा मेहताले भने ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा एक जना र वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक गरी दुई जना स्टाफ नर्समा कोरोना संक्रमण देखिईसकेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *