बाँकेको नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ

0
Shares

काठमडौँ, ४ जेठ । नेपालगञ्ज, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा मृत्यु भएका २५ बर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका युवकको हिजो राती देखि स्वास्थ्यमा समस्या आएको थियो । उनको आज विहान ६ ४०मा मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका युवकको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत विहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

अहिलेसम्म देशभर कुल संक्रमितको संख्या २९१ पुगेको छ । उपचारबाट निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *