श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात

काठमाडौँ, ४ जेठ । श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनको अहिले बाँसबारीस्थित शहीद गंगालाल हृदयकेन्द्रमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार उनको एन्जीयोग्राम गरिसकिएको छ । ‘मुटुमा अवरोध देखिएको छ । तर भोलि मात्रै शल्यक्रिया गर्ने तयारीमा छ,’ स्रोतले भन्यो ।

यादव गत मंसिरदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *