श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात
काठमाडौँ, ४ जेठ । श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनको अहिले बाँसबारीस्थित शहीद गंगालाल हृदयकेन्द्रमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार उनको एन्जीयोग्राम गरिसकिएको छ । ‘मुटुमा अवरोध देखिएको छ । तर भोलि मात्रै शल्यक्रिया गर्ने तयारीमा छ,’ स्रोतले भन्यो ।
यादव गत मंसिरदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



