रौतहटका थप १० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९१


काठमाडौँ, ४ जेठ । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा राजपुर नगरपालिका फरहदवा ९ निवासी बर्ष १८,३२, ३६,३९,३९, ४२, ४८ का पुरुषहरु र रौटहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ बर्षका पुरुषहरु छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २९१ भएको छ । निको भएर फर्कनेको संख्या ३६ र मृत्यु भएको संख्या १ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *