रौतहटका थप १० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९१

काठमाडौँ, ४ जेठ । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा राजपुर नगरपालिका फरहदवा ९ निवासी बर्ष १८,३२, ३६,३९,३९, ४२, ४८ का पुरुषहरु र रौटहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ बर्षका पुरुषहरु छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २९१ भएको छ । निको भएर फर्कनेको संख्या ३६ र मृत्यु भएको संख्या १ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



