नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु, कुल संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौँ, ३ जेठ । नेपालमा कोरोना भाइरसबाट एक जना सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ९ राम्चेकी २९ बर्षीया सुत्केरीको गत बिहीबार धुलिखेल अस्पतालमा निधन भएको हो । यद्धपी कोरोनाबाट निधन भएको भन्ने आज मात्रै पुष्टि भएको हो ।

गत २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ती महिला अर्को दिन अर्थात २४ बैशाखमा नर्मल तरिकाबाट सुत्केरी भएकी थिइन । २५ बैशाखमा उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपछि परिवारले उनलाई बाह्रबिसे लगेको थियो । तर केही दिनपछि ज्वरो आउने स्वासप्र्रश्वासको समस्या भएपछि परिवारले स्थानीय अस्पतालमा उपचार गराएका थिए ।

अवस्था सुधार नभएपछि उनीलाई गत विहीबार धुलिखेल अस्पताल ल्याइदै गर्दा ज्यान गएको थियो । लक्षण मिलेकोले धुलिखेल अस्पतालले मृतकको नमूना झिकेर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । थप विश्वस्त हुनका लागि अस्पतालले टेकुस्थित प्रयोगशालामा पनि नमूना पठाएको थियो । त्यहाँ पनि नमूना जाँच गर्दा पोजेटिभ पाइएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार राती जारी गरेको विज्ञप्तीमा नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो भनिएको छ ।

यसअघि दिउसो देखि नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु धुलिखेल पुगेर शब व्यवस्थापन गर्ने विषयमा निर्णय गरेका थिए । अब ती सुत्केरीको सब सुरक्षाकर्मीको समन्वयमा मात्रै दाहसंस्कार हुनेछ । त्यसको तयारी पुरा भईसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नागेन्द्र झाले बताए ।

यता स्वास्थ्य मन्त्रालयले शनिबार साझ थप २ जनामा कोरोना संक्रमण देखिएको बताएको छ । संक्रमितहरु धनुषा निवासी २० र ६५ बर्षका पुरुषहरु रहेको बताइएको छ ।

सिन्धुपाल्चोकको मृतक र धनुषाका दुई जना सहित नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *