कपिलवस्तुको चन्द्रौटाका ३ जनामा कोरोना संक्रमण, कुल संख्या २७६ पुग्यो
काठमाडौँ, ३ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा चन्द्रौटाका २५, ३४, ४४ बर्षका तीन जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबैको स्वास्थ्य अवस्था सामान्य भएको बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]