चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

132
Shares


बेइजिङ, ३ जेठ । चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ ।

अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ ।चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ ।

यसअघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन् ।  रासस/पीटीआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *