‘एक चिकित्सक : एक स्वास्थ्य’ नीति लागू गर्न स्वास्थ्यको प्रस्ताव, ९ अर्व बजेट !

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको अवधारणालाई सबै सरकारी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा लागू गर्ने प्रस्ताव अघि सारेको छ ।

आगामी बर्षका लागि सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा यो प्रस्ताव अघि सारिएको हो । यसका लागि स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गर्न आवश्यक व्यवस्था मिलाउने र त्यसका लागि ९ अर्व बजेट आवश्यक हुने समेत उल्लेख गरेको छ । यो लागू भयो भने एउटा अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यत्र गएर काम गर्न पाउने छैनन् ।

स्वास्थ्यले यो नीति लागू गर्न प्रोत्साहन भत्ता भौगोलिक क्षेत्रका आधारमा, १० बर्ष सेवा पुरा गरेका स्वास्थ्यकर्मीलाई भन्सार छुटमा गाडी उपलव्ध गराउने, जोखिम भत्ता दिने सहितका प्रस्ताव अघि सारेको छ ।

यद्धपी यो कार्यक्रम आज आउने नीति तथा कार्यक्रममा समेटिन्छ कि समेटिदैन त्यो भने हेर्न भने ४ बजेसम्म कुर्नै पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *