सक्रमितको सम्पर्कमा गएका कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि निदान र आरोग्यको सेवा सुचारु

काठमाडौँ, १ जेठ । कोरोना भाइरस (कोभिड – १९) संक्रमितको सम्पर्कमा पुगेका दुई जना कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हिजो देखि बन्द गरिएको पुल्चोकस्थित आरोग्य फाउन्डेशन र संगै रहेको निदान अस्पतालको सेवा सुचारु भएको छ ।

बुधबार आरोग्य फाउन्डेशनमा कार्यरत एक जना सहकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई कोरोना परीक्षण गराउन टेकु लैजाने र ल्याउने कार्य गरेका आरोग्यकै एम्बुलेन्स चालक र उनका सहयोगीलाई आइसोलेसनमा राखेर पीसीआर परीक्षणका लागि नमूना लिइएको थियो । जनस्वास्थ्य कार्यालय ललितपुर र स्थानीय प्रशासनले संक्रमण फैलिएको हुनसक्ने भन्दै फाउण्डेशन र अस्पताललाई शिल गरेको थियो ।

‘संक्रमित भनिएकी महिला कर्मचारी फाउण्डेशनमा आएकी थिइनन् । तर उनलाई भक्तपुरस्थित डेराबाट टेकु र टेकुबाट डेर पुरयाउन यहाँको आरोग्यको एम्बुलेन्स प्रयोग भएको रहेछ । महिला कर्मचारीलाई संक्रमण भएको थाह पाउने वित्तिकै जिल्ला जनस्वास्थ्यले फाउन्डेशन र संगै जोडिएको अस्पताललाई शिल गरेको थियो । प्रत्यक्ष सम्पर्कमा पुगेका भनिएकाहरुको नमूना संकलन गरेको थियो । ति दुबैजनाको रिपोर्ट नेगेटिभ आयो । यो बीचमा अस्पताल र फाउण्डेसनलाई डिस् इन्फेक्सन गरिएको थियो । त्यसैले डव्लुएचओको मापदण्ड अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयबाट आएका प्रतिनिधिहरुले सेवा सुचारु गर्न सकिने सल्लाह दिनुभयो । त्यसपछि अहिले बेलुकाबाट सेवा सुचारु भएको छ,’ निदानका सीईओ विपेन्द्र प्रधानले भने ।

अस्पतालमा संक्रमणको सम्भावित खतरा भन्दै हिजोबाट हिजोबाट रोकिएको आकस्मिक सेवा, विभिन्न वार्डका सेवा तथा डायलासिस लगायतका सेवाहरु पूर्ववत रुपमा सुचारु भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *