भक्तपुरकी कोरोना संक्रमित महिला ललितपुरको निजी अस्पतालमा काम गर्थिन्

काठमाडौँ, ३१ बैशाख । भक्तपुरमा कोरोना संक्रमणमा परेको भनिएकी महिला ललितपुरस्थित एक निजी अस्पतालमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

‘उनी क्लिनिकल विभागमा होइन प्रशासनिक विभागमा कार्यरत हुन्,’ स्रोतले भन्यो ।

लकडाउनको अवधीमा तराईबाट फर्केर अस्पताल आएकी उनलाई अस्पतालले थ्रोट स्वाव चेक गरी रिपोर्ट आएपछि मात्रै आउन भन्दै फर्काएको थियो । ‘अस्पतालमा उनको एक्सपोजर हुन पाएको छैन,’ स्रोतले भन्यो ।

उनी बस्ने भक्तपुरको सल्लाघारी हो तर २९ बैशाखमा तराईबाट आए देखि नै ठिमीस्थित साथीको कोठामा रहेकी थिइन । कोरोना पोजेटिभ देखिएपछि उनलाई हिजो राती नै टेकु अस्पताल लगि भर्ना गरिएको छ । उनको साथीलाई क्वारेन्टाइनमा राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *